संगीतकार तथा नेपाली
चलचित्रका पहिलो नायक शिवशंकर मानन्धरको आइतबार
सा“झ निधन भएको छ ।
लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित
मानन्धरलाई श्वास-प्रश्वासमा समस्या देखिएपछि
आइतबार बिहान उपचार्रार्थ भक्तपुर क्यान्सर
अस्पताल भर्ना गरिएको थियो । उहा“ सरकार र
चलचित्र विकास बोर्डको सहयोगमा मुर्म्बईस्थित टाटा
मेमोरियल अस्पतालमा उपचार सकी केही दिनअघि
फर्किनुभएको थियो ।
मानन्धरको पार्थिव शरीरलाई सोमबार अपराह्न ३
बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाल राजकीय
प्रज्ञाप्रतिष्ठान प्राङ्गणमा राखिएको थियो ।
त्यहा“ प्रधानमन्त्री शेरबहादुर देउवा,
उपप्रधानमन्त्री भरतमोहन अधिकारी, मन्त्रीहरू,
नेता र साहित्यकारलगायतले उहा“मा अन्तिम
श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कलाकर्मीहरूको सहभागितामा शवयात्रा गरी नेवारी
संस्कारअनुसार सोमबारै उहा“को अन्त्येष्टि
गरियो ।
मानन्धरले कला र संगीत क्षेत्रमा पा“च दशक लामो
समयसम्म योगदान दिनुभएको थियो । उहा“ वि.सं.
२००८ मा कोइलीदेवी, नातिकाजी, पन्नाकाजी,
हर्रि्रसाद रिमालस“गै रेडियो नेपाल प्रवेश गरी
२०४९ सम्म कार्यरत हुनुहुन्थ्यो । कोलकातामा
रर्ेकर्ड गराएको 'यो खोलाको पानी, एउटा रुमाल
धु“दैमा दिन जाने' बोलको पहिलो गीतबाट उहा“को
सांगीतिक यात्रा सुरु भएको थियो । उहा“का 'म
मरे पनि मेरो देश बा“चिरहोस्,' 'ए गगनकी सुन्दरी,'
'बर्बाद जिन्दगीमा' जस्ता गीत लोकप्रिय छन् ।
'आधुनिक संगीतको विकास र पर््रवर्द्धनमा उहा“को
प्रमुख भूमिका रह्यो,' सहकर्मी गायक प्रेमध्वज
प्रधानले भन्नुभयो ।
मानन्धरले तेह्र सय गीतमा संगीत दिनुभएको छ भने
करिब तीन सय गीत गाउनुभएको छ । 'उहा“का
गीतहरू चालीस वर्षघि जस्तै सदाबहार छन्,' लामो समय
रेडियोमा स“गै काम गरेका गायक योगेश वैद्यले
भन्नुभयो ।
इन्दिरा कलानिधि संगीत महाविद्यालयबाट स्नातक
मानन्धर स्वदेशमा निर्मित पहिलो नेपाली चलचित्र
'आमा' का नायक हुनुहुन्थ्यो । चलचित्रमा
संगीतसमेत उहा“ले नै दिनुभएको थियो । उहा“ले
'मनको बा“ध,' 'कुमारी,' 'पच्चीस वसन्त' लगायत आधा
दर्जन चलचित्रमा संगीत दिनुभएको छ । 'उहा“
कला क्षेत्रका प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो,'
चलचित्र 'आमा' की नायिका भुवन चन्दले
भन्नुभयो ।
रत्न रेकर्डिङ संस्थानका अध्यक्ष र
महाप्रबन्धकसमेत रहेका मानन्धर दर्जनौं पुरस्कार
तथा सम्मानबाट विभूषित हुनुहुन्छ । एक
साताअघि मात्रै उहा“लाई नेपाल टेलिभिजनले
'नातिकाजी स्मृति सम्म्ाान' प्रदान गरेको
थियो ।