नेपाली गजलहरु��

Back to home

तपाइ पनि यस फारममा गजल राख्न चाहनु हुन्छ भने हामीलाइ सम्पर्क गर्नु होलाः [email protected] or Click here. (Font should be, either preeti.ttf or Unicode.)
or click here

UNDER CONSTRUCTION : for the time being I have posted my gazel :


 

आँसु मेरो अम्मल बनाएर गयौ
कात्रो मेरो कम्मल बनाएर गयौ

फोहोराँ फुल्ने तिमी सुन्दर कमल
मलाई गन्द ढल बनाएर गयौ

आफ्नो बलले भ्यएजती पिँडा दिई
दुःख मेरा डबल बनाएर गयौ

सारा पथ तिमीलाई पच्छ्याएर बँसे
भाग्ने बेलामा छल बनाएर गयौ

प्रेमको नाटक विचैमा छोडीदियौ
आफ्नो इच्छा सफल बनाएर गयौ

सारा साथ; ढाँटी-ढाँटी; मेरो जोवन
रङ्गमञ्चको हल बनाएर गयौ

उज्वल बाबु घिमिरे
Xn. Simulator Stimulator Reactor Para-Xenialman


 

गजल

भट्टीमा छिरेको सरी पो भएछौ
तिमी नी म जस्तै झरी पो भएछौ

नजर्‌मा नशा छन् अनेकौँ मतालू
रमाई वरीलै वरी पो भएछौ

धमीलो मुहारै जलैमा पखाली
नभन्दै तिमी लौ परी पो भएछौ

यताबाट उता मधूमा उर्डाई
उडी प्रेम गर्नै चरी पो भएछौ

धुवाँ नै त मात्रै थियो मू,टु भीत्रै
पछी खोलि हेर्दा भरी पो भएछौ
उज्वल बाबु घिमिरे
Xn. Simulator Stimulator Reactor Para-Xenialman


 

Back to home
 


Contact: 
Balaju, Manamaiju
Bypass street, VDC: 8
Nepal
or email me at [email protected]


designed by Ujjwal Ghimire
Xn. Simulator Stimulator Reactor Para-xenialman.
www.geocities.com/xenosapiens

�Copyright 2005

 

Hosted by www.Geocities.ws

1