|
नयाँसडकको गीत
मनहरूमध्येको एउटा मनबाट
हिजो बाटो लागेका
अनगिन्ती इच्छाहरूलाई
अलपत्र छाडेर
रातको छिँडीमा बास बसेको सडक
आज बिहानै
आँखा
उघार्छ र हाई काड्छ ।
ओछ्यानबाट
आँखा मिच्दै उठ्छन्
स्वप्नमय लोभहरू
क्षितिज
नाँघ्न खोज्ने लक्ष्यहरू
भुवादार नरम रहरहरू ।
र ओर्लन्छन् नय़ाँसडकको सतहमा ।
एउटा भीष्म बलले चेपेझैँ
गरेर
सबै हिँड्न तम्सनेहरूलाई
सडक घस्रन्छ अगाडि ।
उसले त्यही
तिघ्रे कालको पहरो काटेर जानु
छ ।
त्यहीँमाथि घोडसवार भएर
पुग्नु छ पर ।
सडक पछ्याएर जानेको जमातमा
क्षणक्षण बल्ने जुगुप्साहरूको
भारी बोकेर
त्यो अमूर्त स्थान पुग्न
हिँडेको सडक
बजारे पुरियाको रङजस्तो
पाइलाहरूभरि दलिन्छ
र लतपतिन्छ ।
फेरि पनि
त्यहीँ कतै
वास बस्छ ।
भोलिपल्ट सबेरै
हिँड्ने बिहान
भेट्न |