ब्याक | होमपेज

 

खेतहरू
 
यी खेतहरू
कतै नहिँडी पनि
गतिमान रहन्छन्
शताब्दीका यति लामा सडकहरूमा ।
 
शुभ्र बादलहरू
तोरणझैँ टाँगिन्छन् खेतहरूमाथि
झर्छन् पानीका बुँदहरूमा
र नुहाइदिन्छन् खेतहरूलाई सिनिक्क ।
 
नीलो आकाश
घोप्टिएर बोलिरहन्छ मौन ।
त्यति टाढाबाट धाएर आउँछ उज्यालो ।
उँछ बतास
र खेल्छ माटाका डल्लाहरूसँग ।
 
खेतमा दिन, साँझ, बिहान
र रात लेखिन्छ ।
हरिया हरफहरू बन्छन् ।
 
हाँ उभिएका पोथ्राहरूसँ
जिस्की बस्छन् खेतहरू ।
र हेरिरहन्छन् आँखाका डिलबाट
बगिरहेको नदीको प्रवाह ।
 
नबगीकनै पनि निरन्तरको
प्रवाह छ खेतहरूमा ।
सरल, सरस आनन्दको
रङ छ खेतहरूमा ।
सदा कञ्चन सद्भावका
ध्वजाहरू छन् खेतहरूमा ।
 
खेतहरू कहिल्यै बहकिएनन्
चोक, सहर र बजारका रङ्गीन हल्लाहरूमा ।
कहिल्यै बोलेनन् चर्को स्वर
कसैको विरोधमा ।
 
म अचम्भित छु ।
र पनि खेतहरू लामो हिँडिसकेछन् ।
खेतहरू शताब्दी दौडिसकेछन् ।
जीवनका सपाट पाटाहरूझैँ
फूलाई कुनै उत्ताउलो
पहिरनमा नबाँधी
धैँ बहसोन्मुनगराई
आधुनिक भइसकेछन् खेतहरू ।
र उत्तरआधुनिक पनि भइसकेछन् खेतहरू ।

 

                                                                ©सर्वाधिकार लेखकमा सुरक्षित

Hosted by www.Geocities.ws

1