ब्याक | होमपेज

 

झ्यालबाहिरबाट
 
आत्तिएर छिर्‍यो कोठामा
झ्यालबाहिरको हावा ।
 
मैले छामेँ हावाको शिर
अथाह उद्विग्नताले तातिएको छ ।
 
अनुहारको आकाशमा धुवाँ छ त्रासको ।
ओठ सुकेर फुस्रा छन् ।
 
पसिनाका दानाहरू फुलेका छन् निधारमा ।
कामिरहेछन् गोडाहरू ।
 
दुखद समयका छिटाहरू छन् शरीरभरि ।
धैँ जीवन भरेर हिँड्ने हावा
उसको आफ्नै श्वासमा मृत्युले चिमोटिदिएको घाउ छ ।
 
यति सहज बगिरहने हावा पनि
कोठामा आएर लुकिदियो ।
बग्न मानेन ।
खुम्चेर बसिरह्यो ।
 
मैले हावाका आँखामा हेरिरहेँ
र एउटा नीलो आकाशको तलाउ खोजिरहेँ


 

                                                    ©सर्वाधिकार लेखकमा सुरक्षित           

Hosted by www.Geocities.ws

1