शोधार्थी  

 

विज्ञान्दुनियासंग वुझ्न खोज्ने

आफ्नो अर्को संग जोड् सक्ने

देख्न्ने वहुसत्य ज्ञानधारा

वुझ्ने जगत्श्रोत रहेछ आहा

दृष्टि वहुकोण वहुविचार

के काम गर्ने तरीका हजार

रेखिय सोच्यो किन हो अपूर्ण       

सोच्ने वहुकोणिक ज्ञान पूर्ण

अक्षर यौटा वहुअर्थ वुझ्ने

विज्ञान धेरैथरिको अगाल्ने

छन्सोच धेरै भनी हेक्का राख्न्ने

सोपानलाइ सममा विचार्ने

यस्तै गरी 'वन्ने' विचार लिइ

अन्नत यात्रा तिर सोच वोकी

तृष्णा भोक् हो यहि ज्ञान दिने

शोधार्थी आफैसँग सोध्ने सक्ने

एकाँकी हैन वहुरुप खोज्ने

समुच्चतामा दुनिया परख्न्ने

चिन्ने (सिक्ने) कुराको सिमना नतोक्ने

खोज्नेहरुलाइ कतै नरोक्ने

पश्चिम् पूर्व अव जोड् सक्ने

विज्ञान प्रज्ञा विच मेल देख्न्ने

मेरो प्रयोजन् किन भो कसोरी

चौकोसमा मात्र नअल्मलिइ

"जान्दैन त्यो" भन्ने विचार त्याग्ने

"था छैन मेरो जति" लाइ फाल्ने

सन्ताप हर्दम् कसरी वुझौं यो

हो लक्ष यौटै कसरी देखौं त्यो

द्रष्टा मात्रै तर अन्त्य हैन

हो ज्ञानको साधक साध्य हैन

सोच्ने यहि शैली सीप भित्र

चिन्ने वहुज्ञान, विधि श्रोत

वाटो पहिल्याइ अगाडि वढ्ने

रोक्ने, परख्न्ने आफुलाइ चिन्ने

हेर्ने फरक्विन्दु कोणवाट

देख्न्ने वहुरुप रहेछ साथ

स्वार्थ कस्को कसरी गरियो

हो तथ्य कस्को किन यो भनियो

वुझेर भिन्न तहमा दुनिया उघार्ने

ज्ञानार्थ खोज्ने हो शोधार्थी वन्ने

 

 

बाल चन्द्र लुइटेल, काठमाण्डौ बिश्वबिद्यालय,

1